THE POWER OF INFORMATION

अमेरिकाको राजनीतिमा नेपाली ,मोहन ज्ञवालीले दिए युलेस सिटी काउन्सिलमा उम्मेदवारी

राजन घिमिरे । कर्मभूमि प्रबास भएता पनि पछिल्लो समय कर्मभूमिको बिभिन्न क्षेत्र र बिधामा नेपालीहरूले आफ्नो उपस्थिति जनाउंने क्रम बढ्न थालेको छ ।बिशेषतस् प्रबासको मूल राजनितीमा उपस्थिति दर्शाउंने मात्र होइन कि बिजयी भएर नै शानदार फड्को मार्न थालेका छन नेपालीहरूले ।
यसै क्रममा लामो समयदेखी अमेरिकामा नेपालीहरु माँझ मात्र नभएर अमेरिकनहरू माँझ पनि दह्रो परिचय बनाएका मोहन ज्ञवालीले अमेरिकाको टेक्सस राज्यको युलेस सिटी काउन्सिलमा उम्मेदवारीको घोषणा गरेका छन् ।

युलेस टेक्ससलाई आप्रवासीहरूको बाक्लो बसोबास रहेको राज्यको शहरको रूपमा चिनिने गरिन्छ । समाजसेबी र सामाजिक अभियन्ताको रूपमा स्थापित ज्ञवालीको यो उम्मेदवारीलाई साथ र समर्थन अत्याधिक मिल्ने बताइएको छ । निर्वाचन मे ७ का दिन हुने छ भने युलेस निवासी मोहन ज्ञवालीले सिटी काउन्सिलको प्लेस–३ का लागि उम्मेदवारी घोषणा गरेका हुन । यो निर्वाचनमा युलेस सिटीका ३७ हजार मतदाताले मत प्रयोग गर्न पाउँने जानकारी दिइएको छ ।

उनलाई नजिकबाट चिन्नेहरू उनी टेक्ससको युलेसमा सामुदायिक तथा स्थानीय राजनीतिमा निकै सकृय भएर छोटो समयमै स्थापित भएका व्यक्तिका रूपमा चिन्छन ।

ज्ञवालीले आफ्नो उम्मेदवारीका बारेमा भनेका छन’(आप्रवासी र स्थानीय समुदायको मन,भावना र आवश्यकतालाई लिएर सिटीमा कार्यक्रमहरु अघि सार्ने छु(‘ दीर्घकालीन कार्य र समाजको हितका लागि दिलो ज्यानले कामहरू गर्दै त्यसको सकारात्मक परिणामका लागि मेरो उम्मेदवारी हो (‘ उनले भनेका छन (‘ मेरो यो उम्मेदवारीलाई सबैबाट साथ र सहयोग मिल्ने आशा मात्र होइन कि मैले बिश्वास पनि लिएको छु (‘ उनले भनेका छन ।

अमेरिकी कानुन अनुसार मतदानका लागि अप्रिल २५ देखि मे ३ तारिकसम्म अग्रीम मतदान गर्न पाउने व्यबस्था पनि रहेको छ भने अमेरिकी सरकारले चुनावमा मत हाल्न योग्य मतदाता हरूलाई मतदाता सूचिमा समावेश हुनका लागि समेत आव्हान गरिसकेको छ । जानकारी दिइए अनुसार जनवरी ३१ सम्म मतदाता सूचिमा नाम दर्ता गर्न सकिने प्रावधान रहेको छ भने अमेरिकाको चुनावमा अमेरिकी नागरिकता प्राप्त व्यक्तिले मात्र भोट हाल्न पाउंने निती र नियम रहेको छ ।


ज्ञवालीको यो उम्मेदवारीले यतिबेला अमेरिकामा रहेका नेपालीहरूलाई मात्र होइन कि अन्य देशमा रहनु भएका प्रबासी नेपालीहरू माँझ पनि एक प्रकारको सकारात्मक सन्देश प्रबाह गरेको छ । अमेरिकाको मूल राजनितीमा नेपाली ठिटोको यस्तो छलांग र सहभागिताले ल्याएको चर्चाले सांच्चै राम्रै वाहवाही हात पारेको छ । त्यसमाथि अमेरिकामा रहनु हुने मतदान गर्न योग्य नेपालीहरुले अहिले ज्ञवालीको पक्षमा शानका साथ समर्थन जुटाउंन लागिपर्नु भएको दृश्य कम गौरबको कुरा होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Comments are closed.

ट्रेन्डिङ

लोकप्रिय यो साता

छुटाउनुभयो कि?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0