- राजन घिमिरे
कलाकारिता यस्तो भोक र नशा हो,जहाँ गए पनि यसले छोड्दैन ।अझ मुलुक बाहिर प्रवासमा रहँदा त योसंग बिताएका क्षण र सम्बन्धको याद झनै आउँदो रहेछ । यस सम्बन्धि कुरा या प्रसंग हो कलाकार अनिशा आचार्यको ।
अनिशा बिगत लामो समयदेखी अमेरिकामा छिन । तर, उनमा नेपाली कलाकारिता र यससंग सम्बन्धित बिधाको भोक मेटिएको छैन । यो बिधाप्रति उनको सम्मान र झुकाव आज पनि पहिले जस्तै छ । अनिशा भन्छिन -‘ मनदेखी लागेको बिधा र क्षेत्र हो कलाकारिता ।कहाँ चट्ट मायां मार्न सकिन्छ र ? प्रवसमा रहँदा झनै यो बिधा र क्षेत्रप्रति माया र सदभाब बढ्दो रहेछ -‘
अनिशाले कलाकारिता शुरू गरेको लामै समय भैसकेको छ । टेलि चलचित्र संयोगमा मुख्य भूमिका निभाएकी अनिशा चर्चित कलाकार बिना बुढाथोकी (जो यतिबेला जापानमा छिन ) संग समानान्तर भूमिकामा देखापरेकी थिइन् । तोरी लाहुरे, ट्वाक्क -टुक्क ,कथै कथा र अँध्यारो उज्यालो लगाएतका टेलिचलचित्रहरूमा अनिशाले निभाएको भूमिका र गरेको अभिनयको आज पनि चर्चा हुने गरेको छ ।
नेपाल टेलिभिजनका बरिष्ठ क्यामेरा म्यान रामेश्वर शुक्लले अनिशा प्रतिभाशाली कलाकार भएको कुरा बताए -‘ बिदेशमा रहंदा पनि नेपाली कलाकारितालाई माया गर्ने ,सम्मान गर्ने र यो बिधालाई निरन्तरता दिने अनिशाको लगाबलाई सम्मान गर्नै पर्छ -‘ शुक्लले भने ।
अनिशाले ठूलो पर्दाको चलचित्र अधिकारमा राजेश हमालसंग काम गरिन भने परीक्षा उनले काम गरेको अर्को ठूलो पर्दाको चलचित्र हो । शिब श्रेष्ठसंग अघोषित युद्दमा काम गरेकी अनिशा दिनेश डिसी, दिपकराज गिरी, तिर्थ थापा जस्ता चलेका कलाकार र निर्देशकसंग काम गरेर सबैबाट तारिफ पाउंने कलाकारमा पर्दछिन ।
यतिबेला अमेरिकामा रहेकी अनिशा अब चांडै नेपाल आउंने योजनामा छिन । अब पहिला जस्तो कलाकारिता बिधालाई ग्याप नदिने योजना बनाएकी उनि नेपाल आउंना साथ केही चलचित्र र म्यूजिक भिडियोमा काम गर्ने भएकी छिन -‘ अब नेपालमा रहंदा पनि वा अमेरिकामा रहंदा पनि कलाकारिता बिधालाई नछोड्ने र निरन्तरता दिने छु । यो मेरो बाचा हो -‘ अनिशाले भनिन् ।
Comments are closed.