
काठमाडौं । इन्डियन प्रिमियर लिग(आईपीएल)–२०२२ क्रिकेट प्रतियोगिता जारी छ । जहाँ विश्वका चर्चित खेलाडी आपसमा १० टिममा रहेर प्रतिस्पर्धा गरिरहेका छन् ।
जारी लिगमा युवा खेलाडीको वर्चश्व छ र प्रदर्शन समेत युवा कै राम्रो देखिएको छ । आईपीएलमै गरेको प्रदर्शनले समेत राष्ट्रिय टिमको ढोका खोल्ने या बन्द गर्ने सम्भावना रहन्छ । भारतमा समेत आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टिममा स्थान बनाउने खेलाडीको कमी छैन । तर, यस सिजन ठूला र चर्चित केही खेलाडी भने प्रतियोगिताभर पूरा ‘फ्लप’ रहेका छन् ।
केही खेलाडीको लागि मेगा अक्सनअघि नै टिमले करोडौं रुपैयाँ लगाएर ‘रिटेन’ गरेका थिए । तर, हालसम्म ३१ खेल समाप्त भइसकेको अवस्था ठूला र चर्चित खेलाडीको प्रदर्शन भने बिर्सनलायक छ । खेलाडीले खास प्रदर्शन गर्न सकेका छैनन् ।
Comments are closed.