काठमाडौं । सत्तारुढ दल निकटका पाँच पत्रकार सङ्गठनका अध्यक्षहरूलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
आचारसंहिता उल्लङ्घन गरेको आरोपमा आयोगले उनीहरूलाई स्पष्टीकरण सोधेको हो ।
आयोगले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ, प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार सङ्घ नेपालका सचिव श्यामलाल पोखरेललाई स्पष्टीकरण सोधेको हो ।
सत्तारुढ गठबन्धनमा आबद्ध दलका उम्मेदवारहरूलाई मतदान गर्न आह्वान गर्दै ती पाँच सङ्गठनका अध्यक्षले यही बैशाख २४ गते एक संयुक्त विज्ञप्ति जारी गरी गरेका थिए ।
निर्वाचन आयोगले जारी गरेको बुलेटिन अनुसार, उनीहरूलाई २४ घण्टाभित्र जवाफ दिन भनिएको छ ।
आचारसंहितामा सञ्चार क्षेत्र सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था रहेकोमा त्यस विपरीत काम गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
आचारसंहिता विपरीत निर्वाचन सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष गरी निर्वाचनका सन्दर्भमा मतदातालाई कुनै अमुक गठबन्धनका लागि स्थानीय तह वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण तथा उम्मेदवारलाई मतदान गर्न भनी विज्ञप्ति वा अपिल गर्न नहुने व्यवस्था रहेको आयोगको बुलेटिनमा उल्लेख छ ।
“पत्रकार वा पत्रकारहरूद्वारा जारी विज्ञप्ति सार्वजनिक गर्ने विभिन्न पाँच ९घ० मा सञ्चार प्रतिष्ठान, सोमा सम्बद्ध सङ्घ सङ्गठनको पेसागत मर्यादाभित्र पर्छ, पत्रकार सङ्गठनलाई २४ घण्टाभित्र कर्मचारी तथा पत्रकारले राजनीतिक दल वा पर्दैन रु पत्रकारको पेसागत सङ्गठन अमुक स्पष्टीकरण पेस गर्न जवाफ माग गरेको छ।” आयोगद्वारा जारी बुलेटिनमा भनिएको छ ।
आयोगले स्पष्टीकरणमा भनिएको सोही समयभित्र आयोगमा प्राप्त हुने गरी कुनै राजनीतिक समूहप्रति पक्षधरता प्रकट लिखित जवाफ पेस गर्न आग्रह गरेको छ ।
Comments are closed.