THE POWER OF INFORMATION

एनआरएनएका नवनिर्वाचित पदाधिकारीहरूले भेटघाट तिब्र पारे

.राजन घिमिरे

गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीहरू यतिबेला नेपाली राजनितीका प्रमुखहरूसंग भेटघाटलाई तिब्र बनाउंन थालेका छन । यस्तो भेटघाटमा गैह् आबासीय नेपालीहरूले लामो समयदेखी झेलिरहेको समस्या र उनिहरूले नेपाल सरकारबाट पाउंनु पर्ने बिभिन्न अधिकारको पक्षमा आवाज उठाउंने गरेका छन ।

मंगलबार संघका पदाधिकारीहरूले प्रधानमन्त्री शेर बहादुर देउवा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ लाई भेटी दशौँ बिश्व सम्मेलनको छलफलबाट निस्केको निचोड सहित ज्ञापनपत्र बुझाएको जानकारी संघका प्रवक्ता सोम सापकोटाले दिए । भेटघाटको क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एनआरएनहरुले उठाउंदै आएको दोहोरो नागरिकता, मतदानको अधिकार लगायतकाविषयमा कांग्रेस पार्टी सकारात्मक रहेको बताएका थिए ।

प्रधानमन्त्रीसँगको भेटघाटमा नवनिर्वाचित अध्यक्ष कुल आचार्यले संघको तर्फबाट एक ज्ञापनपत्र पढेर सुनाइएको थियो । ज्ञापनपत्रमा गैरआवासीय नेपाली नागरिकता संसदबाट छिट्टै पारित गर्न, पशुपति क्षेत्रमा एक सय कोठाको आधुनिक सुविधायुक्त एक श्रद्धाश्रम(वृद्धाश्रम) बनाउन जग्गा उपलब्ध गराई दिन, वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि सामाजिक सुरक्षा कार्यान्वयन तथा कम्तीमा १० अर्बको एनआरएन नेपाल विकास कोषको कार्यान्वयनमा देखिएका बाधा व्यवधान हटाउन आग्रह गरिएको छ।

त्यसै गरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग आचार्य टोलीले मंगलबार बेलुका भेट गरेका थिए । संघका प्रबक्ता सापकोटाका अनुसार भेटघाटको क्रममा प्रवासमा रहेका नेपाली नागरिकहरुलाई अनलाइनबाट भए पनि सहभागी गराउने विषयमा दलहरुका बीचमा छलफल भइरहेको जानकारी नेताहरूले दिनु भएको छ ।

त्यसै गरी संघका अध्यक्ष आचार्यको टोलीले गृहमन्त्री बालकृष्ण खाँड, सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर शाही , शहरी विकास मन्त्री रामकुमारी झाक्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता र त्रिभुवन विमानस्थल अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईसंग संघले छुट्टाछुट्टै भेटघाट गरेका छ। भेटमा गृहमन्त्री बालकृष्ण खाँडले एनआरएनए नागरिता सम्बन्धी विधेयक संसदमा टेबल भइसकेको अवस्थामा दलीय सहमतिमा छिट्टै निष्कर्षपुग्ने बताए। त्यस्तै गोर्खा समानताको आन्दोलनमा सरकार सदैव गैरआवासीय नेपालीको पक्ष रहेको उनको भनाइ छ।सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गैरआवासीय नेपालीहरूको ज्ञान सीप लगानी र नेपाल विकासका लागि ल्याइएकायोजनाहरु प्रति खुलेर प्रशंसा गरेका थिए।
गैर आवासीय नेपाली संघले १०० कोठाको अत्याधुनिक सुविधासम्पन्न वृद्धाश्रम निर्माणको लागि नेपाल सरकारसँग जग्गा उपलब्धगराउन नेपाल सरकार लाई पहल गराउन सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई ध्यानाकर्षण गराएका थिए ।

यसै गरी भेटको क्रममा अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराई संग भेटघाट गरेको छ। भेटघाटको क्रममा श्रमिकहरुलाई वैदेशिक रोजगारीमा जाँदा ,आउँदा पर्ने अनेकौं प्रशासनिक झन्झट बाट मुक्त गराउन , श्रमिक डेस्क सुरु गर्न र अन्य पर्यटकलाई समान व्यवहार गर्न , एनआरएनए डेस्क सञ्चालन गर्न र अध्ययनको सिलसिलामा विदेश जाने नेपालीहरूलाई सहजीकरणका लागि आग्रह गरिएको थियो।

यसैगरी गैर आबासीय नेपाली संघका अध्यक्ष कुल आचार्यको टोलीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो । भेटमा पूर्ब प्रधान्मन्त्री ओलीलाई विदेशमा बस्ने नेपालीहरुले त्यहाँ देखेका राम्रा अभ्यासहरुलाई नेपाल लिएर आउन सुझाव पनि दिए। उनले ज्ञान आर्जन र धन आर्जन गर्न विदेश पुगेका नेपालीहरुले आफ्नो भाषा र आफ्नो संस्कार जोगाउन सामूहिक प्रयास गर्नु पर्ने कुरा तर्फ जोड दिएका थिए । यस अघि नवनिर्वाचित अध्यक्ष कुल आचार्यले एक ज्ञापनपत्र पढेर सुनाएका थिए। ज्ञापनपत्रमा गैर आवासीय नेपाली नागरिकता संसदबाट छिट्टै पारित गर्न, पशुपति क्षेत्रमा एक सय कोठाको आधुनिक सुविधायुक्त वृद्धाश्रमबनाउन जग्गा उपलब्ध गराई दिन, वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि सामाजिक सुरक्षाकार्यान्वयन तथा कम्तीमा १० अर्बको एनआरएन नेपाल विकास कोषको कार्यान्वयनमा देखिएका वाधा व्यवधान हटाउन आग्रह गरिएको जानकारी संघका प्रबक्ता सोम सापकोटाले दिएका छन ।

नवनिर्वाचित अध्यक्ष आचार्य लगायतको संघको टोलीले पूर्व प्रधानमंत्री तथा नेकपा (एकीकृत समाजवादी) कावरिष्ठ नेता झलनाथ खनाल लाई पनी उनकै पार्टी कार्यालयमा भेट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Comments are closed.

ट्रेन्डिङ

लोकप्रिय यो साता

छुटाउनुभयो कि?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0