THE POWER OF INFORMATION

एनआरएनए को विवाद समाधान गर्न समिति गठन, फेब्रुअरी २८ मा निर्वाचन हुने पक्का

  •  राजन घिमिरे

काठमाडाैं । अन्तत: गैह आबासी नेपाली संघमा चुनाबलाई लिएर देखा परेको बिबादको अन्त्य भएको छ । शनिबार सम्पन्न बैठकले संघको निर्वाचन सम्वन्धी विवाद समाधान गर्न ७ सदस्यीय समिति गठन गरेपछी यो बिबादको अन्त्य भएको हो ।

बैठकले संस्थालाई निकास दिनुका साथै संघमा आपसी एकता तथा भाइचारा कायम राख्दै गैर आवासीय नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित गर्नका लागि प्रमुख संरक्षक एबं संघका पूर्ब अध्यक्ष शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको हो ।

जानकारी दिइए अनुसार समितिका सदस्यहरूमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, राम प्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त रहेका छन ।

बैठकले संघको दशौँ महाधिवेशन तथा आइसीसी निर्वाचन सम्बन्धी सबै समस्याहरुको विधान सम्मत निस्पक्ष ढंगले समाधान गर्ने र २८ फेब्रुअरी २०२२ सम्ममा संघको दशौँ निर्बाचन गर्ने मिती पनि तय गरेको छ ।

यसैगरी समितिले महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली संघको विधान र नियमावली अन्तर्गत रहेर २६ जनवरी २०२२ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष मार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णय समेत गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Comments are closed.

ट्रेन्डिङ

लोकप्रिय यो साता

छुटाउनुभयो कि?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0