THE POWER OF INFORMATION

एस पिपुल एजुकेशन अब काठमाडौंमा पनि

काठमाडौं । शिक्षा , विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादवले नेपाली शिक्षित जनशक्ति विदेशिने क्रम बढेको तथा स्वदेश फर्किने क्रम न्यून रहेकोमा चिन्ता व्यक्त गर्नु भएको छ । विदेश जानेको संख्या बढ्दो छ । तर , हामीले उहाँहरुलाई स्वदेश फर्काउन सकिरहेका छैनौ  राज्यमन्त्री यादवले भनिन् । उनले नयाँवानेश्वरमा स्थित एस पिपुल एजुकेसन एण्ड भिसा सर्भिसेसको उदघाटन गर्दै स्वदेशमा दक्ष जनशक्ति फिर्ता ल्याउन जुट्नु पर्ने बताइन ।

विदेशमा अध्यन गर्न जानु राम्रो हो । हामी त्यहाँ लिने शिक्षा र सिक्ने शिपलाई स्वदेशमा उपयोग गर्न सके मात्र यहाँ विकासको नयाँ सम्भावना देखिन्छन् राज्यमन्त्री यादवले भनिन् । उनले पछिल्लो समय सरकारले हरेक नगरपालिकामा रहेका दुइ शैक्षिक संस्थामा प्राविधिक शिक्षाको व्यस्था गरेको जनाउदै केहि नगरपालिकामा पढाउने शिक्षक समेत नपाएको बताइन ।

विदेश पढ्न जादा धेरै ध्यान पुर्याएर जानु पर्छ । विदेश पुगेर ठगिएका विद्यार्थीहरुको गुनासो आउने गरेका छन् । यहाँ (एस पिपुल एजुकेसन) बाट जानेलाई राम्रो गाइड गर्नु होला । शिक्षित भएपछि नेपाल फर्किन प्रेरित गर्नु होलाु राज्यमन्त्री यादवले भनिन् । एस पिपुल एजुकेसन एण्ड भिसा सर्भिसेसका सीईओ रोशन भट्टराईले विद्यार्थीलाई सहि सुझाव दिने बताए ।

हामीले सिड्नीमा सेवा दिइरहेका छौँ । अब नेपालबाट पनि गाइड गर्ने छौ । हाम्रो दायित्व विद्यार्थीलाई त्यहाँ पठाएर मात्र सकिदैन । सिड्नीमा विद्यार्थीलाई चाहिदा हामी सेवामा हाजिर हुन्छौँ, सीईओ भट्टराईले भने । उनले आफुहरुले उच्च शिक्षाका लागि अष्ट्रेलिया मात्र पठाउने गरेको बताए । नेपाल शाखा सुभारम्भ समारोहमा शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवाल , गायक उदेश श्रेष्ठ , रंग पत्रकार राजन घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

Comments are closed.

ट्रेन्डिङ

लोकप्रिय यो साता

छुटाउनुभयो कि?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0