THE POWER OF INFORMATION

ऐजुकेशन एण्ड माइग्रेसन कर्नरले अष्ट्रेलियन एडमिसन डेको आयोजना गर्ने

लामो समयदेखी शिक्षा क्षेत्रमा लागि पर्दै आएको ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले अप्रिल ५ तारेख २०२२ अर्थात् चैत्र २२ गतेका दिन अष्ट्रेलियन एडमिसन डेको आयोजना गर्ने भएको छ । एडमिसन डे नयां बानेश्वर संसद भबन नजिक राष्ट्रीय बाणिज्य बैंकको ठिक अगाडि रहेको कर्नरको शाखा कार्यालयमा आयोजना हुने भएको हो ।

एडमिसन डे कार्यक्रम अष्ट्रेलियामा उच्चशिक्षा हांसिल गर्न जान चाहने नेपाली बिध्यार्थीहरूका लागि सहायक सिद्ध हुने कुरा बताइएको छ ।‘ यो दिन अष्ट्रेलियाका कलेज तथा बिश्वबिध्यालयका प्रतिनिधिहरूले बिध्यार्थीहरूलाई जानकारी र परामर्श प्रदान गर्नु हुने छ । ऐजुकेशन एण्ड माइग्रेसन कर्नर, नयां बानेश्वर शाखाका मेनेजर नितेश उप्रेतीले भने ।

एडमिसन डेका दिन यस माइग्रेसन कर्नरकी ब्राण्ड ऐम्बेष्डर अभिनेत्री उपासना सिंह ठकुरीले बिध्यार्थीहरूसंग उच्चशिक्षा हांसिल गर्न अष्ट्रेलिया लगायतका मूलुकमा जान चाहने नेपाली बिध्यार्थीहरूसंग बिचार परामर्श गर्ने छिन । त्यस दिन कलेज तथा बिश्वबिधालयहरूले बिध्यार्थीहरूलाई छात्रबृत्तिका बारेमा पनि जानकारी दिने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Comments are closed.

ट्रेन्डिङ

लोकप्रिय यो साता

छुटाउनुभयो कि?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0