THE POWER OF INFORMATION

कतार विश्वकप : एसियाली मुलुकबाट छनोट हुने पहिलो टिम बन्यो इरान

काठमाडौं । कतार विश्वकप-२०२२ मा इरान एसियाली मुलुकबाट छनोट हुने पहिलो टिम बनेको छ ।

बिहीवार राति घरेलु मैदानमा इराकलाई १-० अन्तरले पराजित गर्दै इरान विश्वकपको लागि छनोट भएको हो ।

इरानको जितमा मेहदी तरेमीले ४८औं मिनेटमा गरेको गोल निर्णायक रह्यो । जितसंगै एसिया छनोटको तेस्रो चरण अन्तर्गत समूह ए मा ७ खेलबाट १९ अंक बनाउदै अपराजित इराक शीर्षस्थानमा छ । दोस्रो स्थानको साउदीको १७ अंक छ ।

एसिया छनोटको तेस्रो चरणमा दुई समूह बिभाजन गरिएको छ । दुबै समूहका शीर्ष दुई टोली सिधै विश्वकपमा छनोट हुने छन् ।

तेस्रो मध्यको एक टोलीले भने दक्षिण अमेरिकी टोलीसंगै खेल्दै विश्वकप खेल्ने बाटो तय गर्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Comments are closed.

ट्रेन्डिङ

लोकप्रिय यो साता

छुटाउनुभयो कि?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0