THE POWER OF INFORMATION

कबड्डी -४ नेपालसंगै अष्ट्रेलियामा पनि

राजन घिमिरे / काठमाडौं । प्रबासमा नेपाली चलचित्र हेर्ने अष्ट्रेलियामा रहनु हुने प्रबासी नेपालीहरूको इच्छा अब पुरा हुने भएको छ । कोरोना कहरको बीचमा कुनै नयां चलचित्र प्रदर्शन नहुंदा खिन्न हुन पुगेका अष्ट्रेलियाबासी नेपालीहरूमा चलचित्र कबड्डी-४ ले उत्साह ल्याउंने भएको छ ।

अष्ट्रेलियामा नेपाली सांस्कृतिक कार्यक्रमको आयोजना र नेपाली चलचित्रहरूको प्रदर्शनमा अगाडि रहेको ‘हो र होइन होला इभेन्टस,‘ ले अष्ट्रेलियामा यो चलचित्रको प्रदर्शनको ब्यबस्थापन मिलाएको हो । एस पिपुल ऐजुकेशन एण्ड भिसा सर्भिसेसका रोशन भट्टराईका अनुसार चलचित्र कबड्डी- ४ नेपालसंगै अष्ट्रेलियाका बिभिन्न शहरहरूमा प्रदर्शनमा आउंने निश्चित भएको हो । यो चलचित्र सिड्नीको बरूउडमा रहेको इभेन्टस सिनेमा हलमा मे २७ र २८ तारेखका दिन साँझ ६ बजे प्रदर्शन हुने छ । चलचित्रको अष्ट्रेलियाका अन्य शहरहरूमा पनि क्रमशः प्रदर्शन हुंदै जाने जानकारी दिइएको छ ।

पछील्लो समय लोकप्रियताको शिखर चढ्दै दर्शकहरू माँझ चासो बढाउंन सफल यो चलचित्रको अघिल्ला तीन सिरिजहरू दर्शकहरूले मन पराई सकेका छन । कबड्डी -४ को यो सिरिज पनि दर्शकहरू मांझ चासो र प्रतिक्षाको चलचित्र बनिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Comments are closed.

ट्रेन्डिङ

लोकप्रिय यो साता

छुटाउनुभयो कि?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0