THE POWER OF INFORMATION

गैह आबासीय नेपाली संघ र मुख्यमन्त्रीबीच को भेटघाट 

 राजन घिमिरे / काठमाडाैं । गैह्र आबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको प्रतिनिधी मण्डलले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संग भेटघाट गरेको छ ।

भेटघाटमा मुख्यमन्त्री पोखरेलले बिदेशमा रहेतापनि प्रबासी नेपालीहरूमा मातृभुमिप्रति अगाध माया रहेको  बताउनु भएको थियो । उहांले बिदेशमा सिकेका सिप ज्ञान र आर्जन गरेको सम्पत्तीलाई  स्वदेशमा लगानी गर्न आग्रह समेत गर्नुभयो ।

गैह्र आबासीय  नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष रबीना थापाको नेतृत्वमा भएको भेटघाट कार्यक्रममा महिला सचिब राधिका गुरुडं (टिका), सहकोषाध्यक्ष अमृता थापा कन्चन, गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका संस्थापक सल्लाहाकार प्रकाश पुन लगायतको सहभागिता रहेको थियो । सो अवसरमा संघले गर्न सक्ने कामका क्षेत्र र बिदेशमा रहेका नेपालीले नेपाल समृद्द भएको देख्न चाहेको बिषयमा छलफल भएको जानकारी संघका प्रबक्ता सोम सापकोटाले जानकारी दिएका  छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Comments are closed.

ट्रेन्डिङ

लोकप्रिय यो साता

छुटाउनुभयो कि?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0