THE POWER OF INFORMATION

तन अष्ट्रेलियामा, मन नेपालमा.., प्रेम सापकोटालाई जन्मभूमिमा सम्मान

  •  राजन घिमिरे

लामो समयदेखी अष्ट्रेलियामा रहेता पनि प्रेम सापकोटाको मनबाट नेपाल कहिले पनि हटेन । त्यसमाथि आफ्नो जन्मभूमि गुल्मी त उनको आंखा वरीपरी घुमिरहन्थ्यो । अष्ट्रेलियाबाट समय समयमा आफ्नै जन्मदेश र जन्म भूमिलाई परेको समयमा साथ र समर्थन गर्दै आएका सापकोटा यतिबेला नेपाल आएका छन् ।

यसैबीच गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ९ स्थित ज्ञानज्योति आधारभूत विद्यालयले आफ्नो विद्यालय स्थापनाकाल देखि आर्थिक,भौतिक र नैतिक रुपमा महत्वपूर्ण सहयोग गर्दै आउनुभएका समाजसेवी युवा व्यक्तित्व प्रेम सापकोटा लाई एक भव्य कार्यक्रमबीच सम्मान गर्यो ।

कार्यक्रममा समाजसेवी ब्यक्तित्व स्वर्गीय शेषकान्त सापकोटाका छोरा तथा बुहारीहरु क्रमशः अष्ट्रेलियाबाट आउनुभएका प्रेम सापकोटा,बुहारी गंगा सापकोटा तथा पूर्ण प्रसाद सापकोटा र बुहारी लिला सापकोटालाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा सम्मानित ब्यक्तित्व प्रेम सापकोटाले आफू सात समुन्द्र टाढा अष्ट्रेलियामा व्यवसायको क्रममा व्यस्त रहे पनि आफुले आफ्नो यस क्षेत्र लाई सधैं सम्झिदै आएको र भविष्यमा पनि यस विद्यालय सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे l प्रमुख अतिथिको मन्तव्य राख्दै प्रेम सापकोटाले भने “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” जन्मदिने आमा र जन्मेको ठाउँ स्वर्गभन्दा पनि ठूलो हुन्छ यही मान्यताका साथ आफू अगाडि बढेको र आफ्नो स्वर्गीय पिता शेषकान्त सापकोटा को आग्रहअनुसार यो विद्यालय का लागि आफ्नो परिवार का सम्पूर्ण सदस्यहरुले सक्दो सहयोग गर्दै आएको तथा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे l

विद्यालयका यज्ञमूर्ति सापकोटाले विद्यालयको आर्थिक तथा भौतिक अवस्था निकै कमजोर रहेकोले यस लाई सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरे l प्रधानाध्यापक सापकोटाले भने “प्रेम सापकोटा जस्ता व्यक्तित्वहरूको सहयोग बाट नै विद्यालय अगाडि बढाउन निकै ठूलो सहयोग पुगेको छ”।

सम्मानित ब्यक्तित्व सापकोटा लामो समयदेखि यसक्षेत्रका सामाजिक संस्थाहरु विद्यालय,मन्दिर,पाटी पौवा, पुल,सडक आदि निर्माणको लागि आर्थिक सहयोग गर्दै आएको महत्वपूर्ण शैक्षिक व्यक्तित्वको रुपमा परिचित छन l स्व. शेषकान्त सापकोटाका छोरा,बुहारी,नाति,नातिना हरु सबै सामाजिक कार्य मा निकै रुचि राखी आफुले सक्दो सहयोग गर्नका लागि कहिले पछाडि नपरेको देखिन्छ l जनसंपर्क समिती हङकङको संस्थापक अध्यक्ष जस्तो गरिमामय पदमा रही आफ्नो महत्वपूर्ण जिम्मेवारी पूरा गरिसकेका छन । गैह् आबासीय नेपाली संघसंग पनि आबद् रहेर सामाजिक कर्म मार्फत प्रशंसा कमाईरहेका ब्यक्तित्व प्रेम सापकोटा हाल अस्ट्रेलियामा आफ्नो व्यवसाय संचालन गर्दै आइरहेका छन l अष्ट्रेलियामा पनि प्रेम सापकोटा धेरै सामाजिक संस्थाहरुमा आवद्ध भई सामाजिक कार्यलाई अगाडि बढाउन दत्तचित्त भएर अगाडि बढेको देखिन्छ l

सामाजिक कार्यमा अग्रसर प्रेम सापकोटा लाई सहयोग गर्दै आउनुभएकी उहाँकी जीवन संगिनी गंगा सापकोटा पनि सामाजिक कार्यलाई लाई निकै मन पराउंछिन l उनले पनि कार्यक्रममा गुल्मीलाई आफ्नो परिबारले सधैं साथ र सहयोग गर्ने कुरा बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0

Comments are closed.

ट्रेन्डिङ

लोकप्रिय यो साता

छुटाउनुभयो कि?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0