THE POWER OF INFORMATION

युराेपमा बनेको दानवलाई अवार्ड (भिडियाेसहित)

  • राजन घिमिरे

लामो समयदेखी प्रवासमा रहेता पनि नेपाली कलाकारितालाई बिर्सन नसकेका कलाकर्मी हुन ध्रुव दत्त, पार्बती अधिकारी र बर्षा खड्का ।ध्रुव बेलायतमा बस्छन् भने पार्वती र वर्षा युरोपमा । प्रवासमा रहँदा यी कलाकारहरूले चलचित्रकर्ममा जनाउने गरेको उपस्थिति साँच्चि नै स्वागत योग्य रहदै आएको छ ।

यतिबेला भने यी तिन कलाकारहरूलाई निर्देशक रफी शाहले एउटै फ्रेममा समेटेर साँच्चै राम्रो काम गरेका छन् । त्यसमाथि समग्र रूपमा यि तिन कलाकारहरूको प्रमुख भूमिकामा यूटुब मार्फत दर्शकहरूबीच आएको छोटो चलचित्र ‘ दानव ‘ ले यतिबेला पाएको चर्चा र प्रशंसाले यूरोप र यूके मात्र नभएर देश तथा प्रवासमा रहनु हुने नेपालीहरू माँझ राम्रो उचाई हात पारेको छ । त्यसो त, दानवले देखाउंन खोजेको कुरा र उठाएको बिषय पनि कम गहिरो र सोचनिय छैन । विषय खँदिलो र चोटिलो भएकै कारण दानवले हालै नेपालमा सम्पन्न ‘ नेशनल बक्स अफिस फिल्म अवार्ड ‘मा उत्कृष्ट शर्ट मूभिजको अवार्ड हात पारेको कुरा दाबीका साथ भन्न सकिन्छ ।

दानवले उठान गरेको ‘लिभिंग टुगेदर’ को विषय आजको टड्कारो विषय हो । यो जटिल र नेपाली समाजमा हुर्कदै गरेको पक्षको बिषयमा निर्देशकले देखाएको काम अनि तिन कलाकारहरूको सजिव अभिनय साँच्चै वाह गर्न लायकको रहेको छ । लगभग २० मिनेट भित्र निर्देशकको करामतमा ध्रुव, पार्बती र वर्षाले कथालाई मर्न नदिइ ज्यान भरेका छन । प्रवसमा रहेका कालाकारहरूको वजनदार अभिनय अनि कथाकार एबं निर्देशक रफी शाहको निर्देशकीय क्षमतामा कतै कहिं औंला उठाउने ठाउँ नै छैन । बेल्जियममा बनाईएको दानवले प्रवासमा पनि यति राम्रो सृजना जन्माउंन सकिन्छ भन्ने उदाहरण पनि प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Comments are closed.

ट्रेन्डिङ

लोकप्रिय यो साता

छुटाउनुभयो कि?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0