THE POWER OF INFORMATION

मकवानपुरमा लागुऔषध सहित एक युवक पक्राउ

हेटौंडा । मकवानपुरका लागुऔषध गाँजा सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा थाहा नगरपालिका–८ बस्ने २८ वर्षीय कुमार पुरी रहेका छन ।

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिब १ केजी ९ सय ग्राम अवैध लागूऔषध गाँजाको खैरो धुलो सहित पुरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बा ५ ख ८७८९ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । यस बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Comments are closed.

ट्रेन्डिङ

लोकप्रिय यो साता

छुटाउनुभयो कि?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0