THE POWER OF INFORMATION

यात्रुबस र तेल बोक्ने ट्यांकर जुध्दा २० जनाको जलेर मृत्यु

इस्लामाबाद । पाकिस्तानको पन्जाब प्रान्तमा एउटा यात्रुबस र तेल बोक्ने ट्यांकर जुध्दा भएकाे आगलागीमा जलेर कम्तीमा २० जनाको मृत्यु भएको छ । यो पन्जाब प्रान्तमा तीन दिनयता भएको दोस्रो ठूलो सवारी दुर्घटना हो ।

दुर्घटना लाहोरबाट करिब ३५० किलोमिटर टाढा मुलतानको राजमार्गमा भएको थियो । तीब्र गतिका कारण उक्त दुर्घटना भएको जनाइएको छ । दुर्घटनापछि दुर्घटनाग्रस्त सडक खण्डमा लामो समय सवारी आवगमन ठप्प भएको थियो ।

‘लाहोरबाट कराँची जाँदै गरेको बस र तेल ट्यांकर ठोक्किँदा २० जनाको मृत्यु भएको छ’, उद्धारकर्ताले भने । दुर्घटनाका घाइतेका अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Comments are closed.

ट्रेन्डिङ

लोकप्रिय यो साता

छुटाउनुभयो कि?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0