THE POWER OF INFORMATION

राष्ट्रिय युवा संघ मकवानपुर इञ्चार्जमा घर्ती चयन

हेटौँडा । राष्ट्रिय युवा संघ नेपालको मकवानपुर इञ्चार्जमा दिलु घर्ती चयन भएकि छिन् । पोखरामा पुस २८ देखि ३० सम्म सम्पन्न राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकबाट अधिवेशन आयोजक कमिटी सदस्यमा मनोनित हुनु भएका घर्तीलाई सचिवालयको दोस्रो बैठकले मकवानपुर इञ्चार्जको जिम्मेवारी दिइएको हो ।

अनेरास्ववियुबाट एमाले राजनीतिमा प्रवेश गरेकी घर्ति लामो समयदेखि युवा संघको सक्रिय राजनीतिमा रहेकी छिन् । इन्चार्ज चयन भएपछि खबरब्रेकलाई प्रतिक्रिया दिँदै घर्तिले मकवानपुरमा युवा संघको गतिविधिलाई थप शसक्त ढंगले अघि बढाईने बताईन् । आफुहरुको अबको ध्यान युवा संघको केन्द्रीय अधिवेशनमा केन्द्रीत हुने भन्दै उनले केन्द्रीय अधिवेशनलाई सफल बनाउन मकवानपुरले महत्वपूर्ण भूमिका खेल्ने बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Comments are closed.

ट्रेन्डिङ

लोकप्रिय यो साता

छुटाउनुभयो कि?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0