THE POWER OF INFORMATION

सिड्नीमा खुल्यो अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल कलेज

राजन घिमिरे / काठमाडौं । पछील्लो समय उच्चशिक्षा हाँसिल गर्न अष्ट्रेलिया जान चाहने नेपाली बिध्यार्थीहरूको संख्या बढ्न थालेको छ । यो अबस्थाले एकातिर अष्ट्रेलियामा नेपाली समाज बिस्तार हुने देखिएको छ भने अर्कोतिर अष्ट्रेलियामा शिक्षा क्षेत्रमा लागेका नेपालीहरूलाई कलेज तथा यूनिभर्सिटी स्थापना गर्न पनि बल प्राप्त भैरहेको छ ।

यसैबिच लामो समयदेखी नेपालमा भोकेसनल शिक्षामा आबद्दता जनाउंदै यो क्षेत्रमा बिशिष्ट पहिचान बनाउंन सफल प्यासिफिक हस्पिटालिटी एण्ड कलिनरी ऐकेडेमी टिमले अष्ट्रेलियाको सिड्नीमा अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल (APiC ) कलेजको शुरूवात गरेको छ । कलेज जुलाई महिनाबाट सन्चालनमा आउंने जानकारी दिइएको छ ।यस कलेजका सिईओ गणेश केसी हुन भने उनी लामो समयदेखी स्किल एण्ड भोकेसनल क्षेत्रमा अनुभवी र दक्ष ब्यक्तिको रूपमा स्थापित छन ।

गैह् आबासीय नेपाली संघसंग आबद्द रहेर अष्ट्रेलियाको नेपाली समाज र बिध्यार्थीहरूको दुख सुखलाई नजिकबाट चिनेका छन केसीले । उनि गैह् आबासीय नेपाली संघका पूर्ब अध्यक्ष पनि हुन । जुलाई महिनाबाट अध्ययन शुरू हुने अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल कलेजमा सर्टिफिकेट- ४ कमर्शियल कुकिंग,डिप्लोमा एण्ड हस्पिटालिटी म्यानेजमेण्ट,डिप्लोमा लिडरशिप एण्ड म्यानेजमेण्ट र एडभान्स डिप्लोमा लिडरशिप एण्ड म्यानेज्मेण्ट बिषयको अध्यापन गराईने भएको छ । समयको माग र यूग सुहाउंदो शिक्षा प्रदान गर्नुलाई नै अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल कलेजले आफ्नो बिशेषता र पहिचान भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
0

Comments are closed.

ट्रेन्डिङ

लोकप्रिय यो साता

छुटाउनुभयो कि?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
0