THE POWER OF INFORMATION

सिड्नीमा रूपकले भने ‘सानु माया…’

  • राजन घिमिरे

सिड्नी ( अष्ट्रेलिया ) । ‘ कहिले पनि सस्तो र हलुका चर्चाको पछि नलाग्दा गायक रूपक डोटेल ओझेलमा परेका हुन । तर उनको गायन यात्रा भने हिजो आएर भोली हराउंने जस्तो छैन र होइन पनि । ‘ रूपकको गायकी शैली र उनको वजनदार उपस्थितिलाई चिन्नेहरू उनको बारेमा यसै भन्छन -‘ रूपकले जति चर्चा पाउंनु पर्ने हो त्यति पाएका छैनन् । तर उनको क्षमतालाई कम आँकलन भने गर्न मिल्दैन ‘ ।

दश बर्ष अगाडि रूपकले गाएको ‘सानु माया….’ आज पनि उत्तिकै चर्चित र लोकप्रिय छ । उनिसंगै नेपाली गायन यात्रामा कति आए कति गए , यसको लेखा जोखा छैन । तर रूपक भने आज पनि यही क्षेत्रमा सानका साथ अगाडि बढिरहेका छन । यो उनको बिशेषता हो -‘ मलाई मन पराउंने र मेरो गीतलाई सम्मान गर्नु हुनेहरू हुनुहुन्छ । म त्यसमा नै आनन्दित छु -‘ सिड्नीमा भेटिएका डोटेलले भने । उनी गत साता मात्र सांगितिक कार्यक्रम प्रस्तुत गर्न अर्का गायक प्रदेश लिम्बुसँग अष्ट्रेलिया आएका थिए भने बिहिबार सिड्नीको एक हलमा गुन्जिएका डोटेल शुक्रबार ग्रानभिलमा नेपाली समाजले आयोजना गरेके कार्यक्रममा पनि गुन्जिए । साथमा ‘ आगे आगे तोपैको गोला….’ चर्चित गीतका गायक प्रदेश लिम्बु पनि गुन्जने छन ।

दश बर्ष अगाडि ‘ सानु माया… बोलको गीतले चिनाएको रूपकलाई पछिल्लो समय भने चलचित्र प्रसादको ‘बनकी चरी….’ बोलको गितले बजारमा चिनायो । यही गीतका कारण चलचित्रले चर्चा पाउँदा रूपकले चाहिं भने जस्तो चर्चा नपाएकै हुन । यति हुंदा पनि उनी असन्तुष्ट भने छैनन् -‘ जति लेखेको छ, त्यति नै पाईने हो । म सन्तुष्ट नै छु -‘ निकै मन छुने कुरा गर्छन उनि । अष्ट्रेलियामा कार्यक्रम प्रस्तुत गर्न आउंदा पनि उनमा कुनै तमक झमक छैन । सधै लो प्रोफाईलमा बस्ने, तर उच्चकोटीको सृजना पस्कने गजबको शैली छ रूपकको । निकै शालिन, भद्र र मिजासिला यी गायकको गीत सुनेपछी सिड्नीमा रहनु हुने कार्यक्रम आयोजक हो र होइन होलाका रोशन भट्टराईले भने -‘ आफ्नै शैली र वजनदार यी गायकको क्षमता र गायिकीले साच्चै नै मन छोयो -‘ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
4
+1
0

Comments are closed.

ट्रेन्डिङ

लोकप्रिय यो साता

छुटाउनुभयो कि?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
4
+1
0