THE POWER OF INFORMATION

सिड्नी र क्यानबेरामा गुञ्जदै प्रकाश रेग्मी

  • राजन घिमिरे

सिड्नी, अष्ट्रेलिया । पुराना स्रष्टा हुन प्रकाश रेग्मी । नेपाली गीत संगीतमा उचाई हात पारेका प्रकाशको नेपाली गीत संगीतमा लामै योगदान र निरन्तरता छ । नेपाली गीत संगीतको यात्राका यी अथक यात्रीलाई अब अष्ट्रेलियामा रहनु हुने प्रबासी नेपालीहरूले सुन्न पाउनु हुने भएको छ । यी लोकप्रिय गायक प्रकास रेग्मी सिड्नी र क्यानबेरामा एकल सांगेतिक सांझ मार्फत गुन्जने भएका छन् ।

यी चर्चित गायकलाई अष्ट्रेलियाको सिड्नी र राजधानी क्यानभरामा रहनु हुने नेपालीहरु माँझ उपस्थित गराएर सह्रानीय कार्य भने एन आर क्रियसनले गरेको हो । सेप्टेम्बर ९ तारिख शुक्रबारका दिन सिड्नीको रक्डेल स्थित इन्द्रेणी फंसन सेन्टरमा गुन्जने प्रकाश रेग्मी सेप्टेम्बर १० तारिख शनिबार भने अष्ट्रेलियाको राजधानी क्यानाबेरामा गुन्जने छन्।

ती एकल सांगितीक कार्यक्रममा रेग्मीका हिट गीत संगीतहरू सुन्न पाईने छन । यसैबीच प्रकाश रेग्मीको हालै बजारमा आएको “शिरको फुल शिरैमा ” बोलको गीतले पछिल्लो समय गीत संगीतको बजारमा राम्रै वाहवाही हात पारिरहेको छ । यो गीतको भिडियोले थोरै समयना यूटुबमा दश लाखभन्दा बढी दर्शकहरू पाएको थियो ।रेग्मीले गाएको यो गीतको युजिक भिडियोमा तनुजा ओली र आकाश श्रेष्ठले दमदार अभिनय गरेका छन् भने गायिका रेश्मा पुनले रेग्मीलाई महिला आबाजमा साथ दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Comments are closed.

ट्रेन्डिङ

लोकप्रिय यो साता

छुटाउनुभयो कि?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0