THE POWER OF INFORMATION

सिड्नीमा नेपालीको कलेजलाई अवार्ड, शिक्षा क्षेत्रमा एड्भान्स कलेजले मार्यो फड्को

– राजन घिमिरे

पछील्लो समय अष्ट्रेलिया शिक्षा क्षेत्रका लागि हब नै बनिरहेको छ । त्यसमाथि नेपाली बिध्यार्थाीहरूको आगमन बढेको मात्र होइन कि अष्ट्रेलियामा नेपालीहरूले कलेज सन्चालनमा तिब्रता पनि दिइरहनुका साथै सफलतामा पनि हात पारिरहेका छन ।

यसै क्रममा बिगत आठ बर्षदेखी एज्ड केयर र डिस्याबिलिटि कोर्षको अध्यापन र तालिम दिदै आएको सिड्नीको बरुड स्थित एड्भान्स कलेजले ‘इनर वेष्ट लोकल बिजनेस अवार्ड २०२१’ प्राप्त गरेको छ । यो अवार्डसंगै कलेजले बिश्वास मात्र जितेको छैन कि प्रबासमा नेपालीले सन्चालन गरेको कलेजहरूको उपस्थितिमा गौरबशाली सफलतामा पनि हात पारेको छ ।एन एस ड्ब्लु राज्य सरकारका प्रतिनिधि स्थानिय काउन्सिल, न्युज च्यानल, आयोजक सस्थाका प्रतिनिधिहरुको उपस्थितिमा बिभिन्न बिधामा फाइनालिस्ट भएका र उपाधी प्राप्त गरेका स्थानिय बिजनेसलाई नोभेम्बेर १७ तारिख बुधवारका दिन एक समारोहकाबिच अवार्ड प्रदान गरिएको थियो ।

इनर वेष्ट क्षेत्रमा एजुकेसन सर्भिस दिदै आएका ६२ वटा एजुकेशन प्रोभाईडरहरुलाई उछिन्दै एड्भान्स कलेजले सो अवार्ड प्राप्त गरेको हो । अवार्ड प्राप्त गरेपछी कलेजका सिइओ पुष्पा अर्याल घिमिरेले विद्यार्थी कलेज म्यानेजमेण्ट तथा कर्मचारीहरुको बिशिस्ट योगदानका कारण आफूहरूले सफलता प्राप्त गर्न सकेको बाताइन । उनले भनेकी छन -‘आगामी दिनमा पनि विद्यार्थीलाई गुणस्तरीय र सीपमुलक एजुकेशन प्रदान गर्न हामीहरू इमान्दार भएर लाग्ने छौं ।’एडभान्स कलेजले गत बर्ष पनि यो अवार्ड प्राप्त गरेको थियो । एज्ड केयर र डिस्याबिलिटि बिषयमा अध्यापन गराउदै आएको यो कलेजले विद्यार्थीहरुलाई समन्धित क्षेत्रमा रोजगारीको समेत अवसर प्रदान गर्दै आएको छ ।

अस्ट्रेलियामा एज्ड केयर, नर्सिङ र डिस्याबिलिटिको क्षेत्र रोजगारी र आम्दानिको दृष्टिकोणले राम्रो मानिन्छ । यो क्षेत्रमा नेपाली विद्यार्थीहरुको लगाव बढ्दै गएको पनि देखिन्छ । बिशेषगरी नेपाली विद्यार्थीहरुको भावना र चाहनालाई केन्द्रमा राखेर एड्भान्स कलेजले सीपमुलक तालिम र गुणस्तरीय एजुकेशन दिदै आएको छ ।

सन २०१९ देखी चाइल्ड केयर एजुकेशनको समेत अध्यापन र तालिम दिदै आएको यो कलेजले गुणस्तरीय एजुकेशन र तालिम दिएर योग्य जनशक्तिको उत्पादन गर्नुलाई नै मूल उद्देश्य मानेको छ । केही बर्षदेखी कलेजले आफ्नै नर्सिङ एजेन्सी मार्फत् धेरैलाई नार्सिङ् क्षेत्रमा रोजगारी उपलब्ध गराउदै आएको कारण बिध्यार्थी र अभिभाबकबीच निकै लोकप्रिय र बिश्वासिलो मानिंदै आईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
3
+1
0

Comments are closed.

ट्रेन्डिङ

लोकप्रिय यो साता

छुटाउनुभयो कि?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
3
+1
0