THE POWER OF INFORMATION

बिश्वभरका नेपाली युवा उद्यमीहरूलाई समेट्ने प्रयासमा अन्तर्राष्ट्रीय नेपाली यूबा उद्यमी महासंघ

– राजन घिमिरे

लामो समयदेखी प्रबासमा रहेता पनि नेपाल र नेपालीहरूको हितका लागि केही गर्न लागि परेका उत्साही प्रबासी नेपाली हुन स्वतन्त्र प्रताप शाह । अष्ट्रेलिया निबासी शाहको अगुवाईमा यतिबेला स्थापना भएको अन्तर्राष्ट्रीय नेपाली युवा उद्यमी महासंघको गठनसंगै प्रबासमा रहेका नेपाली ब्याबसायी युवाहरूमा नेपाल र नेपालीहरूका लागि केही गरौं र हातेमालो गर्दै अगाडि बढ्ने सोचका लागि पर्नु भएको छ ।

यसैबीच महासंघको उद्देश्य, यसले समेट्ने बिधा वा क्षेत्र र यसले गर्ने काम अनि कर्तब्यको साथै नेपाल र नेपालीहरूलाई पुर्याउंने फाईदाका बारेमा अन्तर्राष्ट्रीय नेपाली युवा उद्यमी महासंघका ग्लोबल अध्यक्ष स्वतन्त्रप्रताप शाहसंग गरिएको कुराकानी यस्तो थियो ?अन्तर्राष्ट्रीय नेपाली युबा उद्यमी महासंघ किन र यसको उद्देश्य के हो ?

  • बिश्वभर छरिएर रहनु भएका नेपाली युवा ब्यवसायी साथीहरुको ब्यबसायिक सन्जाल बनाउने योजना अनुरुप ‘अन्तरास्टिय नेपाली युवा उद्यमी महासंघ’ ‘Federation of International Nepali Youth Entrepreneurs’ ‘FINYE’को गठन गरेका छौ । महासंघको मुख्य उदेश्य भनेको छरिएर रहनु भएका नेपाली युवा ब्यबसायी साथीहरु बीच चिनजान, एक अर्काबिच Business Ideas हरुको आदान प्रदान्, युवा साथीहरुलाई ब्यबसाय गर्ने हौसला र सहयोग प्रदान गर्ने, विदेशमा ब्यबसाय गर्ने युवा साथीहरु र नेपालमा ब्यबसाय गर्ने युवा साथीहरूबीच पुलको काम गर्ने, उद्यमशिलतालाई प्रोत्साहन गर्ने लगायतका हुनेछन् । यो संघले Investments र Ideas लाइ एउटै ठाउँमा ल्याउने पुल को काम गर्नेछ । कुनै देशमा भएका साथीसँग ब्यवसाय गर्ने सोच र पैसा हुन सक्छ तर idea नहुन सक्छ, त्यसै गरी नेपाल वा अर्को कुनै ठाउँमा भएको साथीसँग business को idea हुन सक्छ तर पैसा नहुन सक्छ यी दुबै साथीहरु लाई जोड्ने पूल को काम गर्नेछ संघले । Business गर्दै अगाडि बढेर राम्रो गर्नु भएका ब्यक्तित्वहरुको सफलताबाट मात्र हैन, उहाहरुले गर्नु भएको गल्तीबाट पनि युवाहरुले सिक्ने अवसर प्राप्त गर्ने र Business गर्ने सोच बनाउनु भएका साथीहरुलाई प्रोत्साहन गर्दै चाहिने information को लागि Networking उपलब्ध गराउने काम यो सस्थाले गर्ने छ ।
  • कुन क्षेत्र र बिधालाई समेट्ने छ यसले ?
  • यसमा यो क्षेत्र र यो बिधा भन्ने छैन । महासंघले बिदेशमा सानो या ठूलो जूनसुकै ब्यापार र ब्याबसाय गरेर बसिराख्नु भएको यूबा उद्यमी साथीहरूलाई समेट्ने छ । संघमा समग्र ब्यापार र ब्याबसायमा लागेका र लाग्ने सोच भएकाहरूले आबद्दता जनाउंन सक्नेछन ।
  • अहिलेसम्म कुन कुन देशमा खुल्यो यो महासंघ ?
  • अब धेरै देशमा खुल्ने क्रममा रहेको छ । अहिले अष्ट्रेलिया, जापान, अमेरिका र चाईनामा बिस्तार भैसकेको छ भने चांडै यूके, अफ्रिका, हगंकगं लगाएतका देशहरूमा खुल्दै छ । नेपालीहरूको पहुँच पुगेको मूलुकमा पुग्ने छ यो संघ ।
  • यसले नेपाल र नेपालीलाई के फाइदा ?
  • यसले नेपालमा रहनु भएका ब्याबसायी साथीहरू र बिदेशमा रहनु हुने नेपाली ब्याबसायी साथीहरूबीच पुलको काम गर्ने छ । यो दुबै पक्षलाई फाइदा हो । यसले नयां-नयां आइडियाजसंगै प्रबासबाट नेपालमा लगानी र सिप भित्र्याएर नेपालमा रोजगारीको प्रशस्त संभाबनाहरू खोज्ने छ । के यो नेपाल र नेपालीहरूका लागि फाईदा होइन र । यो बाहेक पनि अनेकन फाईदाहरू छन । सानै भए पनि आफ्नै केही गरौ भन्ने सोचलाई यस महासंघले हौसला प्रदान गर्ने छ । हाम्रो सोच र उद्देश्य भनेकै नेपाल र नेपालीहरूको फाईदा हुनु हो ।
  • यो संघको भाबी योजना के कस्ता छन त ?
  • यो सस्थालाई धेरै भन्दा धेरै देशहरूमा फैलाउने योजनामा हामी लागि परेका छौं । धेरै भन्दा धेरै उद्यमी साथीहरुलाई एउतै ठाउँमा ल्याउने योजनासंगै नेपाली ब्यबसाय र ब्रान्ड लाई विदेशमा प्रबर्धन गर्ने लगायत थुप्रै योजनामा हामी काम गर्दै छौ नेपालमा बिधिबत रूपमा दर्ता भएपछी हामी झन् उत्साहित छौं । यसको कार्यालय पनि नेपालमा स्थापना भैसकेको छ भने अब डिसेम्बर महिनाको ३ तारेखका दिन नेपालमा एक भब्य औपचारिक कार्यक्रमको आयोजना गरेर हामी एक्शनमा जांदै छौ । यो महासंघले नेपालमा रहेका सबै ब्यबसायिक संघ संगठन जस्तै FNCCI, CHAMBERS OF COMMERCE, TOURISM BOARD, TAAN, HOTEL ASSOCIATION संग मिलेर काम गर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
1
1 Comment
  1. Bidur Adhikari says

    Very great initiative!!

Comments are closed.

ट्रेन्डिङ

लोकप्रिय यो साता

छुटाउनुभयो कि?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
1